after_navbar

लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड


श्रावण १८, २०८१


दाङ, १८ साउन। लुम्बिनी प्रदेश सरकारले बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेपाली कांग्रेसका ४ जना र नेकपा एमालेका ४ जना गरि ८ जनालाई बिमा विभागीय मन्त्री नियुक्त गरेका थिए।

बिना विभागीय मन्त्री नियुक्त गरेको १० दिनपछि प्रदेश सरकारले मन्त्रीहरूको कार्यविभाजन गरेको हो।

मुख्यमन्त्री आचार्यले कार्यविभाजन गरेसँगै नेपाली कांग्रेसका धर्मेन्द्र कार्कीले आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसकै तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन्। बादशाह कुर्मी वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् भने प्रचण्ड विक्रम न्यौपानेले उद्योग वन तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन्।

कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।

यस्तै एमालेबाट भूमिश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्री, दिनेश पन्थी कृषि तथा भूमि व्यवस्था मन्त्री, खेम सारु स्वास्थ्य मन्त्री र सीता शर्मा चौधरी ऊर्जा जलश्रोत र सिँचाइ मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="