after_navbar

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह


श्रावण १, २०८१


चितवन, १९ साउन । शिशुलाई स्तनपान गराउँदा मोबाइल फोनको प्रयोग नगर्न बालरोग विशेषज्ञले आग्रह गरेका छन्। ।विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल एक सफल कार्यक्रममा सहभागी भएका बालरोग विशेषज्ञले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्।

विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा भरतपुरमा आयोजित ‘स्तनपानको महत्वको विषयमा चिकित्सक र पत्रकारबीच भएको छलफल कार्यक्रमका अवसरमा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर स्वेताकुमारी गुप्ताले मोबाइलको प्रयोग गर्न नहुने बताएकी छिन्।

“आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उनले भनिन्-” बच्चाको माया ममता पनि कम हुने गर्दछ यसका साथै स्तनपा गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।”

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा।गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

data-href="