after_navbar

पहिरोले घर पुरिदा एकजनाको मृत्यु एक बेपत्ता


श्रावण १, २०८१


रोल्पा, १९ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा शुक्रबार राती गएको पहिराले घरसँगै ६० वर्षकी बसुना सुनार र उनकी चार वर्षकी नातिनीलाई पुरेको थियो ।

खोजी गर्ने क्रममा बसुनाको शव भेटिएको र उनकी नातिनीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिए । पहिरो जाँदा बसुनाका छोरा र बुहारी घर बाहिर रहेकाले जोगिएको प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया दिनुहोस

data-href="