दाङ २० साउन। दाङमा जीप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
दाङको तुलसीपुरदेखि सल्यानको पिङ्खोलाका लागि छुटेको जीप शान्तिनगर गाउँपालिका १ हरिचरमा दुर्घटना भएको हो।
आइतबार बेलुकी भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने केही घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस