after_navbar

जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु


श्रावण २०, २०८१


दाङ २० साउन। दाङमा जीप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको तुलसीपुरदेखि सल्यानको पिङ्खोलाका लागि छुटेको जीप शान्तिनगर गाउँपालिका १ हरिचरमा दुर्घटना भएको हो।

आइतबार बेलुकी भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने केही घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="