after_navbar

४ जना जुवाडे पक्राउ


श्रावण २०, २०८१


काठमाडौँ ,२० साउन । नेपाल प्रहरीले जुवा खेलिरहेका चारजनालाई पक्राउ गरेको छ। काठमाडौँको जोरपाटीबाट प्रहरीले चारजना जुवाडेहरूलाई पक्राउ गरेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित बाहुनधारामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई जुवाको खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ लाख ५४ हजार नगद र छ थान तास बरामद गरिएको छ। उनीहरू स्थानीय लीला उप्रेतीको घरमा जुवा खेलिरहेका थिए

आइतबार पक्राउ गरेर आरोपीहरूलाई प्रहरीले जुवा ऐनमा म्याद लिएर अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस

data-href="