काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छन्। उनले प्रतिनिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन्।
गौतमले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार गरेको बताइन्। उनले आइतबार बाढीपहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा आफूमाथि मादक पदार्थ सेवन गरेका १५–१० जना युवाले आफूलाई घेरेर प्रश्न गरेको बताइन्।
उनले भनिन्, ‘चक्रव्यूहजस्तो गरेर जथाभाबी बोलेर मलाई घेर्न काम भयो। तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले।’ गौतमका अनुसार ती युवा गाँजा र रक्सीको नसामा थिए। उनले भनिन्, ‘ती युवा ममाथि दुव्र्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए।’
प्रतिक्रिया दिनुहोस