काठमाडौं,२३ साउन । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ।
बुधबार दिउँसो बुधबार नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको गृहको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले जानकारी दिए।
हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध कम्पनीले बताएको छ। लिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।
चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस