सुर्खेत,२३ साउन। विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारका लागि कर्णाली प्रदेश सरकारले बिमा रकम उपलब्ध गराएको छ। राष्ट्रिय बिमा कम्पनीमार्फत ३ करोड ४० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी(पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो।
विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाख रूपैयाँका दरले तीन करोड रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए।
यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाको परिवारलाई ४० लाख रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ। कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए।
अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ जनामध्ये तीनजनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छु, उनले भने, ुअन्य विपद्मा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ।”
राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भूकम्पमा परि मृत्यु भएको छ। अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो ।
प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि दुई लाख रूपैयाँ र आवास बीमाअन्तर्गत पाँच लाख रूपैयाँ उपलब्ध गराउने उल्लेख छ। र
प्रतिक्रिया दिनुहोस