काठमाडौं २३ साउन । कानुन न्याय तथा मानवअधिकार समितिबाट टीआरसी विधेयक पारित भएको छ। समितिको आज बसेको बैठकले उक्त विधेयक पारित गरेको हो
समिति बैठकमा सभापति बिमला सुवेदीले सिंहदरबारमा बसेको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको जानकारी गराइन्।
विधेयक समितिको मस्यौदा प्रस्तुत भएकै रूपमा सर्वसम्मत पारित गरिएको उनले बताएकी हुन्।
साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।
संसदको बैठक २९ साउनलाई तोकिएको छ
प्रतिक्रिया दिनुहोस