after_navbar

श्रीमती हत्या गर्ने पुरुष पक्राउ


श्रावण २८, २०८१


काठमाडौं,२८ साउन। श्रीमतीको हत्या गर्ने पुरूष पक्राउ परेका छन् । आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका १० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घरायसी विवाद हुँदा लक्ष्मणले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पवित्राको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="