after_navbar

युवा दिवसको अवसरमा रक्तदान


श्रावण २८, २०८१


दाङ, २८ साउन । दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम गरि अन्तरास्ट्रिय युवा दिवस मनाइएको छ। दिवसको अवसरमा नगर युवा परिषद् तुलसीपुरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

युवा नगर परिषद्का कार्यकारी उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले हरेका युवामा रक्तदान गर्नुपर्छ भन्ने चेतना हुनुपर्ने बताए । रक्तदान गर्ने व्यक्ति सधै स्वस्थ हुने बताउँदै नगर प्रमुख खड्काले रगत अभाव सहज बनाउन हरेक नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

तुलसीपसर क्षेत्रमा रगत अभाव बढ्न थालेकाले युवा दिवसको अवसरमा रक्तादान कार्यक्रम गरिएको युवा नगर परिषद्का अध्यक्ष रावतले बताए । कार्यक्रमा १७ जना युवायुवतीले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="