after_navbar

दाउने सडक भासिएपछि यातायात सञ्चालनमा रोक


श्रावण २, २०८१


दाङ ,२९ साउन।पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउने सडक भासिएको छ। सडक भासिएपछि मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। सोमबार राति नवलपुरको दाउनेमा सडक भासिएपछि यातायात आवागमनमा रोक लगाइएको हो।

सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। अहिले भासिएको स्थान मर्मतका लागि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="