after_navbar

कुलमान विरुद्ध अख्तियारमा उजुरी


श्रावण २, २०८१


काठमाडौँ, २९ साउन।काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध अख्तियारमा उजुरी दर्ता परेको छ।नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

एन्टी करप्सन नेटवर्कको तर्फबाट आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण प्रमाण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन खरेलले बताए।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन्। खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै ब्यहोरा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="