after_navbar

श्रीमति हत्याको आरोपमा एक पक्राउ


श्रावण ३०, २०८१


दाङ, ३० साउन । दाङमा श्रीमति हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । लाठी प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा लमही नगरपालिका – ९ स्यालेका ४४ बर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमाल श्रीमती ४२ बर्षीया इश्वरी कुमालको लाठी प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका हुन ।

मंगलबार बेलुका ८ बजेतिर पसल बाट घर फर्किने क्रममा श्रीमानले बाटोमै श्रीमतिमाथि लाठी प्रहार गरि हत्या गरेको वडा प्रहरी कार्यालय लमहीका एक प्रहरी अधिकारीले जानकारी दिए । लाठी प्रहार बाट घटनास्थलमै श्रीमतिको मृत्यु भएपछि कुमाल भाग्न खोजेका थिए ।

तर, जलकुन्डीका स्थानीयले कुमाललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
स्रोतका अनुसार पसलमा संगै श्रीमान श्रीमतिले मदिरा सेवन पछि घर तर्फ फर्कदै थिए ।

त्यही क्रममा बिबाद भएपछि श्रीमानले एकाएक बाटोमा लाठीले श्रीमतिमाथि प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपित कुमाल वडा प्रहरी कार्यालय लमहीको हिरासतमा छन् । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="