after_navbar

स्कुल पढाउन जादै गरेकी शिक्षिकाको पहिरोमा परि मृत्यु


श्रावण ३१, २०८१


खोटाङ,३१ साउन। खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ।

रावा बेसी गाउँपालिका(३ नम्बरको वडा कार्यालय छेउमा पहिरो जाँदा सोही वडाकी ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु भएको हो।

उनी बिहीबार बिहान ९ बजेर ४५ मिनेट जाँदा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

“नेवार सोही वडाको विश्वज्योती उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो” प्रहरी निरीक्षक कार्कीले भने।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस

data-href="