after_navbar

अध्यक्ष भण्डारीले गरे जन्मदिनमा रक्तदान


भदौ ०४, २०८१


दाङ , ४ भदौ। तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । चेम्बर अफ कमर्सको आयोजनामा भण्डारीले रक्तदान गरेका हुन् ।

उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा चौध जना व्यक्तिहरुले रक्तदान गरेका थिए । जन्मदिनका अवसर पारेर अरेक वर्ष सामाजिक कार्य गर्दै आएका अध्यक्ष भण्डारीले यस पटक रक्तदान गरी जन्मदिन मनाएका हुन ।

 चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बर्स अफ कमर्सका केन्द्रिय सदस्य टोप बहादुर घर्ती, सल्लाहकारहरु नेत्रलाल ओली, तेज बिक्रम घर्ती, नन्दन रोका, निवर्तमान महासचिव प्रेम प्रकाश ओली, लाईन्स क्लव दाङका अध्यक्ष गोरख ओली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सन्तोष कुमार खड्काको स्वागत मन्तव्य र महासचिव दुर्गा प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="