after_navbar

काँग्रस र एमाले घमण्डी पार्टी हुन्ः खनाल


भदौ ०, २०८१


काठमाडौँ,९ भदौ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् ।कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको भनाइ छ ।
आइतबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा उनले यी दुई घमण्डी पार्टी भएको बताएका हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । उनले भने यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाहिँ असम्भव छ ।’

दुई ठूला पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधन गर्न नसक्ने उनले बताए ।

‘यो मल्टिपार्टी सिष्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस् । एउटैले दुई तिहाई लिएर आएपनि सम्भव छैन’, उनले भने, ‘अहिले उनीहरु संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरुले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् । न फुलस्टप चेञ्ज गर्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस

data-href="