after_navbar

राष्ट्रपतिद्धारा टिआरसी विधयेक पारित


भदौ १३, २०८१


काठमाडौँ,१३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । यो विधेयकलाई नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने अन्तिम खुड्किलोका रूपमा महत्त्वपूणर् मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="