दाङ,१४ भदौ । दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा बेपत्ता दिवस मनाइएको हो। जान्न पाउने अधिकार भन्ने मूल नाराका साथ उक्त दिवस मनाइएको हो।
दुई दशक बितिसक्दा पनि आफ्नाहरू कहाँ ?कुन अवस्थामा छन् ?केही थाहा नहुदा प्रतिदिन आँसु र पीडामा बाँच्नुपरेको पीडितहरूको भनाइ छ। हरेक वर्ष मनाइने यी दिवसले घाउमा मलम लगाउनुको साटो थप पीडा दिने गरेको उनीहरूको भनाइ छ। राज्यपक्षबाट बेपत्ता पारिएका हाम्रा मान्छे कहाँ छ्न? उनीहरु हराउदा परिवारमा के बित्यो ? कसरी बांचेका छन् ? परिवारको समस्याको पहिचान त्यसको समाधान र द्वन्दको घाउ कहिलेसम्म निको हुन्छ ? प्रश्न समेत गरे।
सशस्त्र द्वन्दको समयमा बेपत्ता पारिएका आफ्ना आफन्तीहरूको अवस्था खोजीका लागि सरकारसँग पहल गरिदिन अनुरोध समेत गरे। श्वास नभएपनि लासको खोजी गरिदिन उनीहरूले आग्रह गरेका थिए।नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं रेडक्रस सोसाईटिका निवर्तमान अध्यक्ष नारायण आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै मेयर खड्काले लामो समयसम्म परिवारबाट वेपत्ता पारिएका आफन्त शकुसल भेटिने सम्भावना कम कम भएको बताएका थिए उनले कानुनी रूपमा बेपत्ता पारिएका परिवारलाई क्षतिपूर्ती दिन सकेमा मलम पट्टीको काम हुने बताए ।
अहिले संघीय सरकारदेखि स्थानीय सरकार समेत वेपत्ता नागरिकको अवस्था बुझेर उनिहरुको परिवारलाई क्षतिपूर्ति दिने कुरामा जिम्मेवार रहेको बताए ।
कार्यक्रममा रेडक्रस सोसाइटीका निवर्तमान अध्यक्ष नारायण आचार्य, तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारी लगायतले बोलेका थिए । रेडक्रस दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिमल केसीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस