काठमाडौँ,२६ भदौ । सरकारले असोज ७ गतेबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसंगै सरकारले देशभरका ४२ स्थानमा सुपथ मूल्यका पसलहरू खोल्ने भएको छ। यसअघिका वर्ष झै यसवर्ष दसैं लक्षित गरेर आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको हो। नेपाल साल्ट ट्रेडिङ, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र डीडीसीको संयोजनमा उक्त सुपथ पसलहरू सञ्चालन हुनेछन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा चाडपर्व लक्षित सुपथ पसल सञ्चालनको समयअवधि सार्वजनिक गरेका हुन्। उनकाअनुसार चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्थापन मिलाइरहेको छ।
प्रतिक्रिया दिनुहोस