after_navbar

प्रसाईको रिहाको माग गर्दै प्रदर्शन


असोज ०७, २०८१


काठमाडौं,७ असोज दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको छ।

प्रसाईंलाई रिहा गर्न माग गर्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन भएको हो।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो।

प्रसाईंसँग सोमबार प्रहरीले बयान लिएको छ।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप गरिएको हो।

प्रसाईंलाई साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="