after_navbar

रास्वपाका पूर्व सांसद ढाकाकुमार धरौटीमा रिहा


असोज १०, २०८१


काठमाडौँ, १० असोज। लागू औषध कारोबारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो


जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् ।
उनी प्रतिबन्धित औषधि (लागु औषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए ।

लागु औषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा उनलाई फार्मेसीबाट पक्राउ गरिएको हो । प्रहरी बयानका क्रममा ती युवकले उक्त लागु औषध ढाकाकै फार्मेसीबाट ल्याएको बताएका थिए ।

बयान दिएको ती व्यक्तिलाई भने अदालतले पुर्पक्षका

प्रतिक्रिया दिनुहोस

data-href="