काठमाडौं ,१५ असोज । नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका १९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा ९८९ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ।
सेनाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर र झापालगायत जिल्लामा खोज तथा उद्धार गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यस अवधिमा करिब चार हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सो क्रममा ९६ वटा शव फेला पारी आवश्यक व्यवस्थापन गरेको छ ।
सेनाले हेलिकप्टरमार्फत ७५१ जनाको उद्धार गरिएको तथा १४ वटा शव सम्बन्धित स्थानमा पुर्याइएको जानकारी दिएको छ । हवाई साधनमार्फत सेनाले सात हजार ५३ केजी राहत सामग्री र एक हजार ४५० लिटर डिजेल ढुवानी गरेको पनि निर्देशनालयले जनाएको छ ।
बाढी, पहिरो प्रभावित विभिन्न स्थानमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी तथा केन्द्रीयस्तरबाट स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरेकोे छ ।
प्रतिक्रिया दिनुहोस