कञ्चनपुर,१९ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ। प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए।
निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उनले बताए।
हात्तीको मलद्वारबाट गोबर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको हो। बस्तीभन्दा करिब तीनचार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि पशु चिकित्सकको टोलीले जाँच गरेको थियो। जाँच गर्दा पेटभित्र ग्यास भरिएर हात्ती मरेको पाइएको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए।
हिन्दू परम्पराअनुसार हात्तीको सद्गत गरिएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस