वनलाई उद्यमसंग जोडौ : पूर्व मुख्यमन्त्री चौधरी


असोज १, २०८१


दाङ, १९ असोज । पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वनलाई उद्धमसंग जोड्नु पर्ने बताएका छन ।  वनलाई वन वातावरण जोगाउदै र संरक्षण गर्दै उद्यमसंग जोडिनु पर्ने बताए । उनले यसका लागि सबै एक भएर लाग्नुपर्ने  बताए । गौराखाली हरियाली सामुदायिक वन समूह तुल्सीपुर ६/७ को २७ औ साधारण सभाको उद्घटन गर्दै चौधरीले यस्तो बताएका हुन ।

वन संरक्षण र वातावरण जोगाउँदै जीवनसँग जोड्न सके आयआर्जन र उद्यम बढाउन सकिने उनको धारणा थियो। वनबाट आम्दानी पूर्णरूपमा लिन सकिने भए पनि त्यसो हुन नसकेको भन्दै  वनलाई आम्दानीको स्रोतका रूपमा पनि व्यवस्थापन गर्न सके उपभोक्ताहरूको दैनिक जीवनमा समेत त्यसले प्रभाव पार्ने र आर्थिक विकासलाई टेवा पुर्‍याउने  बताए।  उनले वनबाट आम्दानी लिनुपर्ने र आवश्यक परे खर्च समेत गर्न सक्ने अवस्थालाई निर्माण गर्न र वन उद्यम बढाउन आग्रह समेत गरे    वन तथा वातावरण संरक्षणमा सबैको चासो नभएको भन्दै वन र वातावरण संरक्षण अपरिहार्य र स्वच्छ हावापानी अनिवार्य भएको  बताए । 

पूर्व मुख्यमन्त्री  चौधरीले  यस क्षेत्रको विकास र प्रवर्द्धन गर्दै वनभित्रको गुरु योजनालाई पूरा गर्न आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यस बर्ष थोरै भए पनि वन संरक्षणका लै बजेट बिनियोजन गरेको जानकारी दिए ।  तुलसीपुर क्षेत्रको विकासका लागि पर्यावरणीय विकास अनिवार्य भएको र यो पर्यावरणीय विकासका लागि वन र वातावरण क्षेत्र जोगाउनुपर्ने र संरक्षण गर्नुपर्ने सबैको कर्तव्य रहेको बताए । 

पूर्व मुख्यमन्त्री चौधरीले तुल्सीपुरमा रहेको अस्पतालको सेवा सुधारका लागि आफूले पहल थालेको र त्यहाँको प्रशासकीय नेतृत्वलाई बोलाएर सेवासुधारका लागि निर्देशन समेत दिइसकेको बताए ।  कार्यक्रममा बोल्दै तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी र सातका अध्यक्ष रामबहादुर जिसीले  वन ब्यबस्थापनको लागि पालिकाले पूर्णरूपमा सहयोग गर्ने बताए । वन समूहका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय योग प्रशिक्षक एमप्रसाद भुसाल, वन समूहका पूर्व अध्यक्ष छोटीलाल थारु, राप्ती लाइफ केयर हस्पिटलका निर्देशक जीवन भण्डारी  लगायतकाले बोलेका थिए। कार्यक्रममा सचिव भुमा केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको संचालन सल्लाहकार जगदीस भण्डारीले गरेकस थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="