after_navbar

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह नियुक्त


असोज २०, २०८१


काठमाडौं,२० असोज राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

ad

राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

ad

राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

ad

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="