after_navbar

मनसुन बाहिरिदै


असोज २२, २०८१


ranning

काठमाडौं,२२ असोज । वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भूभागको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरूबाट बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मिति असोज २० गते मनसुन बहिर्गमन भएको थियो।

महाशाखाले मंगलबार मनसुन बहिर्गमन बुलेटिन(२ जारी गरेर मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="