after_navbar

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल


असोज २३, २०८१


दाङ,२३ असोज । नेपाली कांग्रेस लुम्बिनीको संसद दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले राजीनामा दिएपछि उनलाई सचेतकमा नियुक्त गरिएको हो।

दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार तिमिल्सिनाले दिएको राजीनामा स्वीकृति गरी आज बुधबार नेता चौधरीले रुपन्देही बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

data-href="