दाङ,२४ असोज ।दाङको तुलसीपुरमा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमार गाउँमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दंगीशरण गाउँपालिका–६ बागर कि ४० वर्षीय निरा बादीलाई उनका श्रीमान राजकुमारले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
८/१० दिन अगाडी श्रीमान–श्रीमतीबिच घरायसी विबाद हुदा निरा तुलसीपुर–१३ बखरियास्थित माइती घरमा गएर बस्दै आएको र असोज २२ गते उनका श्रीमान ५२ वर्षीय राजकुमार बादी श्रीमतीलाई लिने भनेर माइती घरमा गएको अवस्था पुनः दुईजनाबिच बादबिवाद भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले प्रहार गर्दा श्रीमती निराको घाँटी, हात र मुखमा गहिरो चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछी थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
श्रीमतीमाथी प्रहार गरेको खुर्पा राजकुमार आफ्नै टाउकोमासमेत प्रहार गर्दा गहिरो चोट लागेको र उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस