after_navbar

श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते


असोज २४, २०८१



दाङ,२४ असोज ।दाङको तुलसीपुरमा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमार गाउँमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दंगीशरण गाउँपालिका–६ बागर कि ४० वर्षीय निरा बादीलाई उनका श्रीमान राजकुमारले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

८/१० दिन अगाडी श्रीमान–श्रीमतीबिच घरायसी विबाद हुदा निरा तुलसीपुर–१३ बखरियास्थित माइती घरमा गएर बस्दै आएको र असोज २२ गते उनका श्रीमान ५२ वर्षीय राजकुमार बादी श्रीमतीलाई लिने भनेर माइती घरमा गएको अवस्था पुनः दुईजनाबिच बादबिवाद भएको प्रहरीले जनाएको छ ।

सोही क्रममा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले प्रहार गर्दा श्रीमती निराको घाँटी, हात र मुखमा गहिरो चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछी थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

श्रीमतीमाथी प्रहार गरेको खुर्पा राजकुमार आफ्नै टाउकोमासमेत प्रहार गर्दा गहिरो चोट लागेको र उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="