after_navbar

नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न


कार्तिक ०२, २०८१


दाङ, २ कार्तिक। राप्ती आँखा अस्पताल र नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गरिएको हो।

कार्यक्रम एकाडमिक चिफ तथा आँखा र क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइलीले अध्यक्षतामा भएको थियो। नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरी प्रमुख आतिथ्यतामा भएको थियो। गिरीले विद्यार्थीलाई आँखा स्वास्थ्य शिक्षामा दक्षता हासिल गरेर अन्धोपन घटाउन योगदान दिन प्रेरित गरे। साथै, विद्यार्थीलाई सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरे।

डा. सुरेश रसाइलीले नेपालमा नेत्र विशेषज्ञहरूको संख्या करिब ५-६ सय मात्र रहेको बताए। उनले अकुलोप्लास्टी, रेटिना, र नेत्र बालरोग विशेषज्ञहरूको संख्या अझै कम भएकाले नेत्र सहायक अध्ययन गर्नेका लागि ठूलो अवसर रहेको बताए।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य ध्रुव गौतम, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, गुरुजजुर माविका प्रधानाध्यापक विष्णु कमारी केसी, र प्रशिक्षक रेश्वरराज भट्टराईले पनि नवआगन्तुक विद्यार्थीलाई शुभकामना दिए।

शिक्षालयका प्रशासक तथा लेखा अधिकृत प्रेमाकुमारी सापकोटाले विषय प्रवेश र स्वागत गरेकी थिईन। कार्यक्रमको सहजीकरण लायब्रेरियन निरला अर्यालले गरिन्। शिक्षालयमा अध्ययनका लागि सातै प्रदेशबाट विद्यार्थी आउने गरेका छन्, विशेष गरी लुम्बिनी र कर्णाली प्रदेशबाट धेरै विद्यार्थी आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="