दाङ,६ कार्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ। दाङका १० जना सहित ३९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
घोराही उपमहानगरपालिका–१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसहित १० जनालाई सोमबार दिउँसो पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो।
यसैगरी, बाँकेको राप्तिसोनारी गाउँपालिका–६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका(६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दियासहित २० जनालाई मंगलबार बिहान पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ९१ हजार रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो।
काठमाडौँको टोखा नगरपालिका(३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका(९ घर भएकी ४४ वर्षीया फूलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फूलमायासहित नौ जनालाई सोमबार साँझ पक्राउ गरिएको हो।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस