after_navbar

तुलसीपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु


मङि्सर १४, २०८१


दाङ ,१४ मङ्सिर। दाङको तुलसीपुरमा रुखबाट लडेर गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित तमाखेमा रुखबाट लडेर गम्भीर घाइते भएका ५६ वर्षीय जेमबहादुर सुनारको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको हो।


घर नजिकै रहेको लिपलिपेको रुखको घाँस झार्ने क्रममा रुखको हाँगा भाचिएर गम्भीर घाइते भएका थिए । सुनारको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।

गम्भीर घाइते भएका सुनारलाई तत्कालै राप्ती लाइफ केयर अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बाँके स्थित शिक्षण अस्पताल पुर्याए लगत्तै सुनारलाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="