after_navbar

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


मङि्सर २४, २०८१


सल्यान,२४ मंसिर । सल्यानमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउपालिका १ बासखोला नजिकै भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको हो।

सोमबार से १ च ५९५१ नम्बरको ट्याकटर पल्टिँदा ट्याक्टरले च्यापिएर तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय चालक अनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार घटनाको बारे थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="