after_navbar

तीनघण्टा हिडेर स्वास्थ्य शिविरमा…


पुष ०७, २०८१


उमा भण्डारी ,८ पुस। समय-समयमा उपचार गराउनु त पर को कुरा। बिरामी भएर थलिदा समेत अस्पताल पुग्ने अवस्था छैन । घण्टौ सम्मको पैदलयात्राले अस्पताल पुग्नुपर्ने बाध्यता बबई १ का बासिन्दामा रहेको छ। अस्पताल जान खोज्यो न सजिलै यातायात पाइन्छ । न बाटो नै सहज छ।

स्वास्थ, शिक्षा खानेपानी जस्ता आधारभुत सेवाबाट समेत बन्चित रहेका नागरिकहरु गाउमै स्वास्थ्य शिविर हुदा हर्षित देखिन्थे । त्यो शिविरले उनिहरुलाइ स्वास्थ्यमा राहत महसुस गराएको देखिन्थ्यो।

स्थानीय ६२ वर्षीय नोखिराम यरिले गाउमै भएको स्वास्थ्य शिविरले खुशी ल्याएको बताए। सामान्य चेकजाँचका लागि पनि घण्टौको पैदल हिडेर अस्पताल जानुपर्ने समस्या सुनाउदै उनले चिकित्सकले गाउमै स्वास्थ जाच गर्दा नागरिकलाई सहज भएको बताए।

“हामिलाइ सानो उपचारका लागि पनि टाढाको यात्रा गर्नुपर्ने बाध्यता छ। अहिले गाउँमै डाक्टरले जाँच गरेकोमा खुशी छु,” नोखिरामले भने।

भौगोलिक विकटताका कारण स्वास्थ समस्याका बारेमा थाहा नपाउदा रोगले थला पार्दै गएको ८४ वर्षिय पुतली बिष्टले बताइन् ।

उनीपनि ३ घण्टाको हिडेर शिविरमा स्वास्थ्य जाच गराउन पुगेकी थिइन् । वडामै स्वास्थ्य जाच हुने खबर पाएपछि हिम्मत गरेर जसोतसो शिविरसम्म पुगेको उनी बताउछिन् ।

“बुढ्यौलीले धेरै समस्या थपेको छ, सामान्य हिड्डुल गर्न समेत धौ धौ पर्छ। उनले भनिन् ,”तर गाउँमा डाक्टर आउने थाहा पाएपछि हिम्मत गरेर हिँडें।”

२४ वर्षीया रेखा डागीले पनि दुई घण्टाको यात्रा गरेर गंगटे पुगेको बताइन् । शहर जानुभन्दा यहाँ आउने सजिलो भयो, समय पनि बचत भएको उनी बताउछिन् ।

स्वास्थ सेवाको पहुँचबाट टाढा रहेका उनीहरुको जस्तै सो भेगका नागरिकहरु शिविर सन्चालन हुदा खुशी थिए। परिवारका सबैले स्वास्थ जांच गराउन पाएकाले निकै सहज भएको उनिहरुले सुनाए।

रोटरी क्लबअफ तुलसीपुर र रोट्र्याक्ट क्लबअफ तुलसीपुरको संयुक्त आयोजना र तुलसीपुर सिटि हस्पिटलको प्राबिधिक सहयोगमा उक्त शिविर सन्चालन भएको थियो।

बबई गाउपालिका वडा नं १ गंगटेको सरस्वती जनता मावीको प्राङ्गणमा उक्त शिविर सन्चालन गरिएको थियो।

रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा उक्त शिविर सन्चालन भएको थियो। हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर हेमराज शर्मा नेतृत्वको चिकित्सकीय टोलीले २ सय १२ जनाको स्वास्थ्य चेक जाँच र सामान्य उपचार गरेको थियो।

रोटरीका अध्यक्ष बिनल केसीले दुर्गम बस्तीका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न शिविरको आयोजना गरिएको बताए।

“स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएपनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि यो अधिकारबाट वञ्चित हुनुपरेको अवस्थालाई ध्यानमा राखेर शिविर सन्चालन गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="