सुदुरपश्चिम प्रदेश सरकारमा ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा भएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन्।
पिछिडिएको सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब दिने उद्देश्यले उक्त अभियान थालिएको नेकपा एकीकृत समाजवादीबाट प्रदेश सांसद शाहीले बताएका छन्।
‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो। सरकारलाई दबाब दिनु पनि आवश्यक छ,’ उनले भने, ‘यस क्षेत्रको आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्यले अभियान सुरु गर्ने प्रयास गरेका छौँ।’
प्रतिक्रिया दिनुहोस