after_navbar

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ


पुष १६, २०८१


काठमाडौं,१६ पुस । बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई गरेको हो।

पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू रहेको प्रहरीले बताएको छ।

लिम्बूले ती बालिकालाई फकाएर चौबिसे–६ कै राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="