बसको ठक्करबाट तुलसीपुरमा एक महिलाको मृत्यु


पुष २४, २०८१


दाङ,२४ पुस। दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्युका भएको छ।

तुलसीपुरको बसपार्क नजिक ठक्कर दिदा अन्दाजी ३६ वर्षीय महिलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बिरेन्द्र चोक बाट बसपार्क जादै गरेको लु. प्र. ०२००१ ख ४४ नं. को बसले महिलालाई ठक्कर दिएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

मृत्यु भएकी महिलाको परिचय खुल्न सकेको छैन । बस र बस चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय खिमराज ओलिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="