after_navbar

अचानो प्रयोग गरि श्रीमतीको हत्या


पुष २६, २०८१


काठमाडौं,२६ पुस। तनहुँमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१, काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन्। उनलाई आज बिहान पक्राउ गरिएको हो।

उनीमाथि आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको आरोप लागेको छ।

दिलबहादुरले विवादको क्रममा गए राति अचानो प्रहार गर्दा पार्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="