कास्की,११ माघ । गण्डकी प्रदेश सभाले हिउँदे अधिवेशनको आह्वान गरेको छ। प्रदेशसभाको अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख कार्यालयलाई पत्रचार गरेको थियो । अहिले गण्डकी प्रदेशसभाका विषयगत समितिहरुमा तीन विधेयक छलफलका क्रममा छन् ।
प्रदेश सभामा उपसचिव प्रेम सुवेदीले “गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक”, “गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” छलफलका क्रममा रहेको जानकारी दिए । प्रदेश सभाको बर्खे अधिवेशन असोज ७ गते अन्त्य भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस