after_navbar

नेपाल स्वास्थ प्राविधिक संघ दाङ देशकै उत्कृष्ट


माघ १६, २०८१


दाङ, १६ माघ । नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) जिल्ला शाखा दाङ देशकै सर्वोउत्कृष्ट शाखा घोषित भएको छ। संघको राष्ट्रिय परिषद भेलामा बुधबार दाङ शाखालाई उत्कृष्ट शाखाको रूपमा सम्मान गरिएको हो।

समारोहमा संघद्वारा सञ्चालित हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै स्थानीयस्तरमा उल्लेखनीय योगदान पुर्‍याएबापत दाङ जिल्ला शाखालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो। संघका अध्यक्ष दोर्ण बहादुर ओलीले उक्त सम्मान ग्रहण गरेका थिए।

स्वास्थ्य क्षेत्रमा दाङ शाखाले खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै संघले यसलाई देशकै नमुना शाखाको रूपमा घोषणा गरेको हो। कार्यक्रममा संघका विभिन्न पदाधिकारी, जिल्ला प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="