after_navbar

जीवन शैलीसंग जोडिने शिक्षा दिनु पर्छ : पूर्व मुख्यमन्त्री चौधरी


माघ १, २०८१


दाङ, १९ माघ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अबको शिक्षा जीवन शैलीसंग जोडिने खालको शिक्षा हुनु पर्ने बताएका छन । शिक्षालाई संस्कृति र जीवनशैलीसँग जोडेर लैजानुपर्ने  भन्दै पूर्व मुख्यमन्त्री चौधरीले घोगन्ते शिक्षा हटाउनु पर्ने बताए ।

तुलसीपुरमा रहेको ग्रेट अरनीको माध्यमिक विद्यालय तुल्सीपुरको २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन । उनले  शिक्षा सिप मुलक हुनु पर्ने,  संस्कारी परम्परागत संस्कृति जीवनशैलीसँग जोडिएको  शिक्षा दिनुपर्ने बताए । उनले घोगन्ते  विद्या भन्दा पनि सिपमुलक क्षिक्षा , परम्परा, संस्कृति र आम बर्ग क्षेत्रको जीवन शैलीसंग जोडिएको हुनु पर्ने बताए ।  सबै क्षेत्रमा बिक्न सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए ।  विद्यालयहरूले अबको शिक्षा संस्कृतिसँग जोड्नुपर्ने परम्परागतसँग जोड्नुपर्ने जीवनशैलीसँग जोड्नुपर्ने बताए ।

ad

यस विद्यालयबाट उत्पादित जनशक्ति विभिन्न क्षेत्रमा नेतृत्व गर्न सक्षम भएको भन्दै आगामी उत्पादन पनि त्योभन्दा अझ परस्कृत र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।  शिक्षा क्षेत्रमा शिक्षा क्षेत्रमा फरक पहिचान बनाएको विद्यालय विभिन्न क्षेत्रमा उत्कृष्टता  प्रदान गरेको आफूले देखेको समेत बताए ।
विद्यालय संचालक समितिका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत,प्रबक्ता  माधव ओलीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम  भएको थियो । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद देवकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख सल्लाहकार विष्णुप्रसाद आचार्यले समग्र अवस्थाको विषयमा चित्रण गराएका थिए ।

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष , तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशवराज केसी सामुदायिक विद्यालयको तर्फबाट माधव भट्टराई , पूर्व विद्यार्थी समाजका अध्यक्ष पूर्णविक्रम डाँगी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रोग्राम कोर्डिनेटर नेत्रलाल भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="