after_navbar

गस्तीमा रहेका प्रहरी कुट्ने दुई जना पक्राउ


माघ २८, २०८१


काठमाडौं,२८ माघ । गस्तीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२६ ठमेलमा गतमाघ २४ गते सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि हातपात भएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार माघ २७ गते आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरूले गस्तीमा रहेका प्रहरीलाई कुटपिट गर्नुका साथै प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

हाल पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="