दाङ,१ फागुन । दाङमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी भएको छ।
शान्तिनगर गाउँपालिका–४ गब्डवा स्थित रानीवन जंगलमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो । करणीको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा, २२ वर्षीय चन्द्र प्रसाद नाथले बालिकालाई एक्कासी पछाडिबाट समातेपछि घाँटी थिचेर डराई धम्काई जंगलमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी गब्डवाबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा गएको टोलीले आरोपी नाथलाई पक्राउ गरी हिरासतमा राखेको छ। अनुसन्धानका लागि उनलाई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
यस घटनापछि स्थानीयबासीमा आक्रोश छाएको छ भने पीडित परिवारले न्यायको माग गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस