अर्घाखाँची ,२१ फागुन । अर्घाखाँचीको मालारानी गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बुटवलबाट मालारानी गाउँपालिका–२, ढाडचौरतर्फ जाँदै गरेको लु.१ ज.४२२६ नम्बरको सवारी जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक मालारानी गाउँपालिका–२ निवासी ५० वर्षीय कृष्णलाल मरासिनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस