after_navbar

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर


जेठ २५, २०८२



दाङ २४ जेठ। दाङको तुलसीपुरस्थित हिमाल एकाडेमी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको थियो। विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा २ सय भन्दा बढीले शिविरबाट लाभ लिएका छन्

वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेशमान शेरचनको नेतृत्वको स्वास्थ्य चिकित्सकको टोलीले शिक्षक विद्यार्थी अभिभावकसहित सर्वसाधारणको समेत स्वास्थ्य परीक्षण गरेको थियो।

शिविरमा स्वास्थ्य चेक जाँच गरिएकामध्ये करिब दुई दर्शन बिरामीलाई अस्पताल जान सिफारिस गरिएको छ। स्वास्थ्यमा जटिल अवस्था देखिएका बिरामीहरूलाई थप चेकजाँचका लागि स्वास्थ्य संस्था जान अनुरोध गरिएको हो

हिमाल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक मधुसुदन केसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए। विद्यालयले विभिन्न समयमा रचनात्मक कामहरु गर्दै आएको र आगामी दिनमा पनि जनमुखी कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाइने उनको प्रतिबद्धता छ।

विद्यालयले अभिभावक र विद्यार्थीहरूका लागि शिविर सञ्चालन गरेको भन्दै अभिभावकहरु खुसी व्यक्त गरेका छन्। उनीहरुले समयसमयमा विद्यालयले स्वास्थ्य चेकजाँचका विषयलाई प्राथमिकतामा दिएर शिविर सञ्चालन गरिरहनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="