after_navbar

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो


२ घण्टा अगाडि


दाङ,१२ साउन। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष समर्थन फिर्ताको पत्रसहित मन्त्रीहरूको राजीनामा बुझाएकी हुन्।

राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

केन्द्रीय राजनीतिमा आएको समीकरण परिवर्तनको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको हो। कांग्रेस सरकारबाट बाहिरिएपछि अब नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठनको तयारी भइरहेको छ।

८७ सदस्यीय प्रदेश सभामा हाल ८३ सदस्य कायम छन्। तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ ९सभामुखसहित०, जसपा नेपालका २, राष्ट्रिय प्रजातन्त्र पार्टी का ४, जनमत पार्टीका ३, लोसपाका २ तथा अन्य दल र स्वतन्त्र सांसद छन्।

बहुमतका लागि एमाले र नेकपाले साना दल वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। त्यसैले हाल सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ सत्ता समीकरणमा समेट्ने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="