after_navbar

पाैडी खेल्ने क्रममा डुबेर  मृत्यु


बैशाख २७, २०८२


दाङ । दाङमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका  वडा नं. १८ धरमपुर अक्कासीमा रहेको तालमा पाैडी खेल्ने क्रममा डुबेर  एक जना किशाेरकाे मृत्यु भएकाे हो  ।

ad

मानव निर्मित तालमा शनिवार  पाैडी खेल्ने गएका भुपेन्द्र बिककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयल तुलसीपुर दाङ्ले जनाएको छ  । त्रिवेणी गाउँपालिका वडा न. ९ सिस्नेरी स्थायी घर भएका १६ वर्षिय बिक  तुलसीपुरमा बसाेबास गर्दै आएका थिए ।

ad

बिक साथीहरूसग अम्वाखाेली सामुदायिक बनकाे हाताभित्र निर्माण भएकाे कृत्रिम तालमा शनिवार नुहाउन गएक थिए । सोहि क्रममा तालमा डुबेर बिकको ज्यान गएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए  । मृतक बिकको पोस्ट्माटमका लागि  राप्ती प्रादेशिक असपताल तुलसीपुर राखिएको छ ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="