after_navbar

तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिदै


जेठ १६, २०८२


दाङ,१५ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा दाङ शाखाले बिहीबार दिउँसो तुलसीपुरमा पत्रकारका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

तुलसीपुरस्थित ‘ द पार्क क्याफे’मा दिउँसो २ बजेपछि आयोजना गरिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला जनश्वास्थ्य कार्यालय दाङ, रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन हुन थालेको हो ।

त्यसअवशरमा नसर्ने रोगहरुको निशुल्क परीक्षण, मृगौला परीक्षण, रक्तचाप परीक्षण, ब्लड ग्रुपको पहिचानका साथै रक्त दान कार्यक्रम पनि आयोजना गरिएको नेपाल प्रेस युनियन दाङले जानकारी दिएको छ ।
समाजलाई सुशुचित गर्न संधै सूचना सम्प्रेसनमा ब्यस्त रहने पत्रकारहरुको स्वास्थ्य अवस्था बारे थाहाँ होस भनेर बिभिन्न संघ संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण आयोजना गरिएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

अध्यक्ष खड्का जिल्लामा क्रियासिल सम्पूर्ण पत्रकारलाई अवशरको लाभलिन आग्रहपनि गरेका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले साता ब्यापी रुपमा आफ्नो स्थापना दिवस मनाउने क्रममा जेठ १३ गेत बिहान घोराहीमा पत्रकारहरुका बीचमा मैत्रीपूर्ण फूटसल प्रतियोगिता सम्मपन्न गरेको थियो ।

सोही दिन बेलुका तुलसीपुर, घोराही र लमहीमा दीप प्रज्वलन पनि गरेको थियो । जेठ १४ गते लमही अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

नेपाल प्रेस युनियन दाङ शाखाले सोही सिलशिलामा बिहीबार दिउँसो तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="